मैले आफ्नो १५ वर्षभन्दा लामो करियरमा नेपालका ठुला डिजिटल प्लेटफर्महरू— eSewa (७ वर्ष) र Daraz (३ वर्ष)—मा काम गर्दा एउटा कुरा नजिकबाट महसुस गरेँ: प्रविधि जतिसुकै ठुलो भए पनि, स्थानीय व्यवसायको सफलता त्यसको 'Visual Presence' मा भर पर्छ। साना देखि ठुला सबै बिजनेसले सुलभ दरमा विश्वस्तरीय डिजिटल सेवा पाउनु पर्छ भन्ने हामी बिश्वास गर्छौ। २०२३ देखि हजारौँ रेस्टुरेन्ट, होटल र साना पसलहरूले हामीलाई बिश्वास गरेर आफ्नो डिजिटल उपस्थिति बलियो बनाइरहेका छन्।
राम्रो प्रविधि भन्दैमा महँगो हुनु पर्दैन, प्रबिधि प्रभावकारी हुनुपर्छ। आज धेरै व्यवसायीहरू 'Right Technology' नचिन्दा लाखौँ रुपैयाँ बर्बाद गरिरहेका छन्।
हाम्रो लक्ष्य भनेको सानो भन्दा सानो नेपाली बिजनेसलाई पनि गुगल र फेसबुकको स्तरको प्रविधि उपलब्ध गराउनु हो, त्यो पनि बिना कुनै भारी खर्च। हामीले ८,००० भन्दा बढी आउटलेटलाई INQR Digital Menu मार्फत जसरी सहज बनायौँ, त्यसरी नै अब तपाईँको बिजनेसको 'Digital Identity' लाई हामी विश्वस्तरीय बनाउँदै छौँ।
यदि ग्राहकले खोज्दा भेट्दैनन् भने त्यो बिजनेस गायब सरह हो। म र मेरो टिम तपाईँको बिजनेसलाई त्यही गायब हुनबाट बचाउन दिनरात खटिएका छौँ।
दशौँ वर्षको अनुभव: eSewa र Daraz जस्ता कम्पनीमा काम गरेको अनुभव।
८,०००+ सफल सहकार्य: नेपालभरि फैलिएको विश्वासिलो नेटवर्क।
सुलभ शुल्क: चिया खर्चकै दाममा अन्तर्राष्ट्रिय स्तरको म्यानेजमेन्ट।
हामी अनलाइनमा मात्र होइन, बानेश्वरस्थित आफ्नै अफिसमा तपाईँलाई स्वागत गर्न सधैँ तयार छौँ।

चिया खर्चकै दाममा अन्तर्राष्ट्रिय स्तरको म्यानेजमेन्ट।